कस्तो छ आजको माैसम ?

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ३, बुधबार ०६:३६

काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातकाे सम्भावना छ  ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव भने छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.