आन्दोलन गर्न कडाइ: अब १६ बुँदे विवरण नबुझाई प्रदर्शनको अनुमति नपाइने

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ३, बुधबार १०:४२

काठमाडौँ । राजधानी काठमाडौंमा अब कुनै पनि सभा, जुलुस वा विरोध प्रदर्शन गर्नका लागि आयोजकले जिल्ला प्रशासन कार्यालयमा विस्तृत १६ बुँदे विवरणसहितको फारम अनिवार्य रूपमा बुझाउनुपर्ने भएको छ ।

आन्दोलनहरूलाई थप व्यवस्थित र शान्तिपूर्ण बनाउन भन्दै जिप्रकाले अनुमतिको ढाँचामा ठूलो परिमार्जन गरेको हो । गृह मन्त्रालयको परिपत्रअनुरूप प्रशासनले कुनै पनि आन्दोलन, धर्ना वा विरोध प्रदर्शनको अनुमति दिनुअघि उक्त नयाँ ढाँचा लागू गरेको जनाएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिएअनुसार नयाँ ढाँचाअनुसार आयोजकले अब संस्थाको प्रकृति, कार्यक्रमको उद्देश्य, र अनुमानित सहभागी संख्या लगायतका विवरण मात्र नभई सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि समेत अनिवार्य रूपमा बुझाउनुपर्नेछ ।

रिजालले आन्दोलनलाई शान्तिपूर्ण बनाउनका लागि केही सर्तहरू राख्दै अनुमतिको ढाँचामा परिमार्जन गरिएको बताए । यो नयाँ व्यवस्थाले राजनीतिक गतिविधिहरूलाई अझ बढी जिम्मेवार बनाउन खोजेको देखिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.