प्रसाईं प्रकरणः संविधानविद्को प्रश्न, प्रहरी भन्छ- ‘अति भएपछि पक्राउ’

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ३, बुधबार १५:२९

काठमाडौं । मेडिकल व्यवसायी तथा अभियानकर्मी दुर्गा प्रसाईंलाई सोमबार मध्यरातमा उनकै निवास (भक्तपुर, मध्यपुर थिमि) बाट पक्राउ गरिएपछि अहिले चौतर्फी बहस सुरु भएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राति १२ बजे गेट नाघेर उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, प्रसाईंलाई ‘अभिव्यक्ति स्वतन्त्रता’ का कारण नभई ‘अपराध’ का कारण पक्राउ गरिएको हो ।

प्रसाईंले काठमाडौं महानगरका मेयर बालेन शाहले दूतावासहरूमा बम पड्काउने योजना बनाएको जस्ता गम्भीर र आधारहीन आरोप लगाएका थिए ।

प्रहरीलाई कुटाइ नपुगेको जस्ता हिंसा भड्काउने अभिव्यक्ति दिएको प्रहरीको दाबी छ । सार्वजनिक शान्तिविरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यसैबीच, मध्यरातको छापामाथि प्रश्न प्रसाईंको पक्राउको समय र शैलीलाई लिएर संविधानविद्देखि युवा अभियन्ताहरूले सरकारको आलोचना गरेका छन् ।

संविधानविद् भीमार्जुन आचार्यले रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्नु कानुनतः बर्जित कार्य भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यो नागरिक शासनको ठूलो धब्बा हो। यस्तो हर्कत गर्न सरकारलाई केले बाध्य बनायो ?’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.