केके निर्णय गर्यो मन्त्रिपरिषदले ?

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ३, बुधबार १६:३४

काठमाडौँ । मन्त्रिपरिषद्ले मंगलबार गरेका निर्णय सार्वजनिक गरिएको छ । सञ्चार मन्त्रालयमा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्ले गरेका २५ निर्णय सार्वजनिक गरेका हुन् ।

निर्णयअनुसार सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठलाई तोकिएको छ ।

यस्तै नयाँ व्यवस्था नहुँदासम्म नेपाल एयरलाइन्सको कार्यकारी सञ्चालकमा अमृतमान श्रेष्ठलाई नियुक्त गर्ने, नेपाली सेनाका दुई तथा महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने, सशस्त्र प्रहरी नियमावली स्वीकृति गर्ने, राष्ट्रपतिसमक्ष अध्यादेश स्वीकृति गर्ने निर्णय भएको खरेलले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.