
काठमाडौं । अवैध बाटो हुँदै अमेरिका पुगेका ३५ जना नेपाली एकैपटक निष्कासनमा परेका छन् । तीमध्ये १ जना महिला छन् ।
अवैध बाटो हुँदै अमेरिका आएर गैरकानुनी रूपमा बसिरहेको भन्दै त्यहाँको अध्यागमन कार्यालयले नेपाली नागरिकलाई निष्कासन गरेको हो । निष्कासनमा परेका नेपालीहरू बुधबार दिउँसो ४ः४० बजेतिर अमेरिकाको चार्टर्ड विमानमार्फत काठमाडौं आइपुगेका छन् ।
अमेरिकाले निष्कासन गरेर नेपाल फिर्ता पठाएहरुसँग नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले केही सोधपुछसमेत गरेको छ । फिर्ता पठाएकाहरु अवैध बाटो हुँदै अमेरिका पुगेको पाइएको प्रहरी स्रोतले बतायो ।

























