धरानबाट २५ किलो गाँजा बरामद

Share this
861shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ४, बिहीबार १२:३२

विराटनगर । सुनसरीको धरानबाट प्रहरीले २५ किलो गाँजा बरामद गरेको छ । एउटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले बुधबार राति ११ः३० बजेतिर गाँजा बरामद गरेको हो । शंकास्पद अवस्थामा रहेको को ११ प ४६३५ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा फरार भएपछि पछ्याउँदै गएको प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले धरान–तरहरा सिमानानजिकै पानीपियाबाट मोटरसाइकल नियन्त्रणमा लिएको हो । त्यसपछि, धरान उपमहानगरपालिका–६ पानबारी–सेउती भित्री सडक खण्डअन्तर्गत पानबारी सामुदायिक वन क्षेत्रमा फालिएको अवस्थामा प्लास्टिक र जेब्रा झोलामा प्याक गरिएको २५ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजा र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । चालक फरार भएको छन् । चालकको खोजी तीव्र बनाएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.