सिमरामा कर्फ्यु अवज्ञा गर्नेलाई नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रु ग्यास र हवाई फायर

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ४, बिहीबार १६:०३

काठमाडौं । बाराको सिमरामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रु ग्यास र दुई राउण्ड हवाई फायर गरेको छ । कर्फ्युको अवज्ञा गर्दै ‘जेनजी प्रदर्शनकारी’ हरू सडकमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन बारा प्रहरीले यी कदम चालेको बाराका प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले जानकारी दिए ।

प्रदर्शन नियन्त्रणमा लिने क्रममा एक डीएसपी, इन्स्पेक्टर, असई र हवल्दार गरी चार जना प्रहरी घाइते भएका छन् ।प्रदर्शनकारी जेनजी युवाहरू बुधवार आफूमाथि आक्रमण गर्ने व्यक्तिहरूलाई पक्राउ गर्नुपर्ने माग राख्दै दबाब दिइरहेका छन्। उनीहरूको दबाबपछि प्रहरीले अहिले दुई जना वडाध्यक्षलाई पक्राउ गरेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.