बेलबारीमा युवाले रेटे आफ्नै घाँटी, अवस्था गम्भीर

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ४, बिहीबार १८:५३

विराटनगर । मोरङको बेलबारीका १ जना युवाले बिहीबार साँझ आफ्नै घाँटी रेटेका छन् । बेलबारी नगरपालिका–८ का ३२ वर्षीय हेमकुमार मगरले धारिलो हतियारले आफ्नो घाँटी आफैं रेटेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा उनलाई आमा विष्णुमायाले देखेकी थिइन् । त्यसलगत्तै उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको थियो ।

हेमकुमारको अवस्था गम्भीर रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ । धारिलो हतियारले उनको घाँटीमा गहिरो चोट लागेको छ । उनले कुन हतियार प्रयोग गरेर आफ्नो घाँटी रेटेका हुन् भन्ने यकिन हुन नसकेको र थप अनुसन्धान भरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हेमकुमार विगतदेखि नै मानसिक समस्यामा रहेको पत्ता लागेको छ । घटनाको कारण पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.