कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी बने सुभाष केसी

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ५, शुक्रबार २२:२९

विराटनगर । इलाका प्रहरी कार्यालय झिलझिले झापामा कार्यरत प्रहरी निरीक्षक सुभाष केसी कार्तिक महिनाकाे सर्वोत्कृष्ट प्रहरी घाेषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई सर्वाेत्कृष्ट प्रहरी घाेषित गरेकाे हाे ।

प्रहरी निरीक्षक  केसीले कार्तिक ९ गते झापा अर्जुनधारा नगरपालिका-४ स्थित दहिझोडा सामुदायिक वनमा झापा शिवसताक्षी नगरपालिका-१० का ३३ बर्षीय सरोज शर्मालाई अपहरण शरिर बन्धक गरी ज्यान सम्बन्धी कसुरकाे अनुसन्धान गरेका थिए ।

शर्माकाे मेचीनगर नगरपालिका-१३ स्थित सामुदायिक वनमा हत्या गरी हुलाकी सडककाे पुल मुनी गाडिएकाे थियाे । सरोज शर्माले प्रयोग गरेको गाडी पनि जलाइएकाे थियाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.