प्रधानन्यायाधीश राउत नेतृत्वको टोली भारत प्रस्थान

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ६, शनिबार १६:३४

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा सर्वोच्च अदालतको उच्चस्तरीय टोली भारत प्रस्थान गरेको छ । भारतका नवनियुक्त प्रधानन्यायाधीश सूर्यकान्त शर्माको शपथ ग्रहण समारोहमा भाग लिनका लागि टोली शनिबार बिहान एयर इन्डियाको विमानमार्फत भारततर्फ लागेको हो। यसअघि प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले अवकाश लिएका थिए ।

प्रधानन्यायाधीश राउत नेतृत्वको टोलीमा मुख्य रजिष्ट्रार विमल पौडेल र सर्वोच्च अदालतकै शाखा अधिकृत त्रृतिका शर्मा सहभागी छन् । यसैगरी, नेपाल सरकारले उद्योग मन्त्री अनिलकुमार सिन्हालाई पनि भारत भ्रमणको अनुमति दिएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत कार्यक्रमअनुसार उनले पनि मंसिर ८ गते राष्ट्रपति भवनमा हुने नवनियुक्त प्रधानन्यायाधीशको शपथ ग्रहण कार्यक्रममा भाग लिने तालिका रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.