विराटनगरको सरस्वती प्लाष्टिक उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ९, मंगलबार ०९:४९
प्रतीकात्मक तस्बिर

विराटनगर । विराटनगर महानगरपालिका–७ सात घुम्तीनजिकमा रहेको एउटा प्लाष्टिक उद्योगमा भीषण आगलागी भइरहेको छ ।

अहिले केहीबेर अघिबाट आगलागी सुरु भएको हो । फ्याक्ट्रीमा आगो दन्किरहेको छ । नियन्त्रणको प्रयास जारी छ । तर, आगो नियन्त्रणमा आउन सकिरहेको छैन ।

आगो नियन्त्रणका लागि विभिन्न ठाउँका दमकल परिचालन गरिएका छन् । सुनसरीका विभिन्न पालिकाबाट पनि दमकल बोलाइएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा लिन वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी अनमोल खड्का नेतृत्वको टोली परिचालित छ । सुरक्षा निकायले स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

आगो नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ । आगलागी भएको स्थान वरपर घरहरु धेरै छन् । आगोले वरपरका घरहरु जोखिममा परेका छन् ।

आगो तत्काल नियन्त्रणमा नआए छेउछाउका घरमा पनि क्षति पुग्न सक्ने प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.