
विराटनगर । विराटनगर महानगरपालिका– ७ मा रहेकाे प्लास्टिक उद्योगमा भएकाे आगलागी नियन्त्रणमा आएकाे छ ।
अशोक अग्रवालले सञ्चालन गरेकाे सरस्वती प्लाष्टिक उद्याेगमा लागेकाे आगलागी नियन्त्रणमा आएकाे हाे । प्लास्टिक बनाउन प्रयोग गरिने कच्चा पदार्थ भण्डारण गरिएको स्थानबाट आगलागी सुरु भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय माेरङकी प्रवक्ता काेपिला चुँडालका अनुसार करिब ११ बजे आगलागी पूर्णरुपमा नियन्त्रणमा आएकाे हाे । आगलागीकाे कारण खुलेकाे छैन ।क्षतिको विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ।
आगाे नियन्त्रणका लागि विराटनगर महानगरपालिकाकाे २ वटासहित दुहबी,सुन्दरहरैचा,बेलबारी नगरपालिकाकाे दमकल पनि प्रयाेग गरिएकाे थियाे ।


























