
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने समय आज (बुधबार) मात्र छ ।
निर्वाचन प्रयोजनका लागि राजनीतिक दलले दर्ता गराउने समय आज सकिन लागेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगमा पहिले नै दर्ता भएका राजनीतिक दलहरूले पनि यस पटकको निर्वाचनमा भाग लिनका लागि फेरि दल दर्ता गराउनुपर्ने प्रावधान रहेको छ ।
दल दर्ताको समयसीमा आज कार्यालय समयसम्म मात्रै उपलब्ध हुनेछ। समयसीमा सकिन लाग्दा पनि सबै दलले भने दर्ता प्रक्रिया पूरा गरेका छैनन् ।
आयोगमा रहेका कुल दल: १३४
मंगलबारसम्म दर्ता भएका दल: ८०
निर्वाचन आयोगमा दर्ता हुन बाँकी रहेका दलहरूले आजभित्र अनिवार्य रूपमा दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ ।

























