सीताराम विवाहपञ्चमी महोत्सव समापन

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १०, बुधबार १५:५३

जनकपुरधाम । सीताराम विवाहपञ्चमी महोत्सवको अन्तिम दिन रामकलेवा विधि भएसँगै सप्ताहव्यापी महोत्सव सम्पन्न भएको छ। बुधबार जानकी मन्दिरको प्राङ्गणमा प्रतिकात्मक रुपमा बनेका राम, लक्ष्मण, भरत, सत्रुधन तथा जन्तीको रुपमा आएका साधुसन्तलाई भोजन गराइएको हो।

विवाहपछि मिथिलाञ्चलमा मौहक विधि हुन्छ। मौहकमा बेहुलालाई खिर खुवाउने परम्परा छ। जानकी मन्दिरको प्रांगणमा बनाइएको मडवामा बसेर मौहकका लागि रघुवर चारै भाइले खिर ग्रहण गराइएको छ। राति विवाह भएकै मडवामा बसाएर चारै भाइलाई खिर खुवाइयो। मौहक विधि चलिरहेकै समयमा मिथिलानी नारीहरुले गीतकै माध्यमले राम, भरत, लक्ष्मण, शत्रुघन तथा अयोध्यावासीलाई जिस्काएका थिए।

रघुवर चारै भाइका साथै जन्तीको रुपमा आएका शाधुसन्तलाई समेत आदरका साथ भोजन ग्रहण गराइएको थियो। रामकलेवामा सहभागी जन्तीहरुलाई कपडा, प्रसादलगायत दिएर बिदाइ गरिएको छ। यससँगै यस वर्षको लागि साताव्यापी महोत्सव विवाहपञ्चमी सम्पन्न भएको छ।

विवाहपञ्चमीको पहिलो दिन जनकपुर नगर दर्शन भएको थियो। त्यस्तै, दोस्रो दिन फूलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छठौँ दिन स्वयंवर तथा विवाह र सातौँ दिन रामकलेवा भएको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.