सरकारविरुद्ध जेनजी समूहको प्रदर्शन

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ११, बिहीबार १२:५१

काठमाडौँ । जेनजी युवाहरुको समूहले काठमाडौँको माइतीघरमा सरकारविरुद्ध आज (बिहीबार) प्रदर्शन गरेको छ । माइतीघरमा भेला भएर पम्प्लेट सहित उनीहरुले सरकारको विरोध गरेका हुन् ।

उनीहरूले टाउकोमा कालो पट्टी बाँधेर “ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा”, “सुशीलाको पाराले दुख पाए साराले”, “जेनजीको आडमा चुरीफुरी सुशीला सरकार कुरीकुरी” जस्ता पम्प्लेट प्रदर्शन गरेका छन् ।

युवाहरूको यो प्रदर्शन वर्तमान सरकारका नीति तथा नेतृत्वप्रति लक्षित रहेको बुझिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.