
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन्।
मन्त्रिपरिषद्को कार्तिक ८ गतेको निर्णयअनुसार राष्ट्रपति पौडेलले निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था मिलाउन सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका हुन्।

























