मधेस प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज पनि सुनुवाइ

Share this
788shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १२, शुक्रबार १०:५०

काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज (शुक्रबार) पनि सुनुवाइ जारी रहने भएको छ। हिजो (बिहीबार) सुनुवाइ नसकिएपछि यो मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो। यो मुद्दामा न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यान्द पाण्डे को संयुक्त इजलासमा सुनुवाइ हुँदै आएको छ।

मधेस प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहितका ७४ सांसद ले मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। मुख्यमन्त्री यादवविरुद्ध रकीप्रसाद यादव लगायतले दायर गरेको अर्को एक रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलास ले मधेस सरकारलाई दीर्घकालीन प्रभाव पार्ने खालका कुनै काम नगर्न अन्तरिम आदेशसमेत दिएको थियो।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनल ले विश्वासको मत पाउने स्थिति नदेखेपछि कात्तिक २२ गते प्रदेश सभामा राजीनामा घोषणा गरेका थिए। त्यसपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी ले सबैभन्दा ठूलो दलको हैसियतमा एमाले दलका नेता सरोजकुमार यादव लाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

तर, बिरामी भएको बहानामा काठमाडौं जान लागेको भन्दै महोत्तरीको बर्दिबासको पानस होटेलमा यादवलाई शपथ ग्रहण गराएपछि प्रदेश प्रमुख भण्डारीको चर्को आलोचना भएको थियो। यसै आलोचनापछि सरकारले प्रदेश प्रमुखबाट पदमुक्त गरेको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.