हाजिर भए कोशी प्रदेश प्रहरी प्रमुख

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १२, शुक्रबार ११:०४

विराटनगर । प्रहरी नायवमहानिरीक्षक विनोद घिमिरेले काेशी प्रदेश प्रहरी प्रमुखकाे पदभार सम्हालेका छन् । घिमिरेले मंसिर ११ गते कार्यभार सम्हालेका हुन् ।

उनलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारी, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी,कोशी प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुखसहित प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए ।

पदभार ग्रहण पश्चात्  उनले मातहतका प्रहरी प्रमुखलाई जस्तो सुकै परिस्थितिमा उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.