
काठमाडौं। जेन-जी युवाको एक समूहले जेन-जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। ‘जेन जी २.०’ नामक समूहले आज (शुक्रबार) काठमाडौंको माइतीघर मण्डलामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो।
उनीहरूले जेन-जी आन्दोलनका क्रममा भाद्र २३ गते भएको दमनमा दोषी देखिएका व्यक्तिहरूलाई तत्काल कारबाही गर्न माग गरेका छन्। भाद्र २४ गते जेन-जीका नाममा भएको आगजनी र तोडफोडमा संलग्न व्यक्तिहरूलाई समेत कारवाहीको दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ।
युवा समूहले जेन-जी आन्दोलनका मागहरू तत्काल पूरा गर्नका लागि गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जानकारी दिएका छन्।

























