
विराटनगर । गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा सुनसरीको झुम्का कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फरार कैदी ४५ वर्षीय डम्बरबहादुर मगर (शम्भु मगर) आज (शुक्रबार) दिउँसो १२ः१० बजे घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनी कर्तव्य ज्यान कसुरमा कैद भुक्तान गरिरहेका थिए । झापा, शिवसताक्षी नगरपालिका–११, शेर्माटोल घर भएका मगरलाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले खोजतलाशको क्रममा नियन्त्रणमा लिएको हो।
पक्राउ परेका मगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः झुम्का कारागार सुनसरी पठाइने जनाइएको छ ।























