
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्तिविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज (शुक्रबार) पनि सुनुवाइ नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेय को संयुक्त इजलासमा सुनुवाइ हुँदा बहस नसकिएकाले अब अर्को पेसी मंसिर १५ गते का लागि तोकिएको छ। यसअघि बिहीबार पनि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।
मधेस प्रदेशको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसद ले मुख्यमन्त्री यादवको नियुक्ति गैरकानुनी भएको दाबीसहित अदालतमा रिट दर्ता गरेका थिए।

























