ट्रकको ठक्करबाट इलाममा २ जनाको मृत्यु

Share this
649shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १३, शनिबार १७:२०

विराटनगर । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९, भञ्ज्याङ गोलाईमा भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ ।

शनिबार दिउँसो करिब ३ बजे झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१०१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१२ प ४८९९ नम्बरको स्कुटर आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार दुर्घटनामा स्कुटरमा सवार २ जना गम्भीर घाइते भएका थिए । घाइतेहरु अन्दाजी २६ वर्षीय डेविट थापा मगर, र १८ वर्षीय छेवाङ शेर्पालाई जिल्ला अस्पताल लगिएको थियो।

उपचारका क्रममा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ट्रकका चालक रामप्रसाद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.