नेपालमा एचआईभी संक्रमण घट्दै: हालसम्म ३४ हजार बढी संक्रमित

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १४, आइतबार १४:१७

काठमाडौँ । नेपालमा एचआईभी संक्रमितको सङ्ख्या विस्तारै घट्न थालेको सरकारी तथ्याङ्कले देखाएको छ । विश्व एड्स दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले अनुमानभन्दा संक्रमण दर घटेको जानकारी दिए ।

उनले सन् २०२४ को अन्त्यसम्म नेपालमा कुल ३४ हजार ३ सय ३७ व्यक्तिमा एचआईभी संक्रमण भएको बताए । सरकारी तथ्याङ्क अनुसार कुल संक्रमितमध्ये १५ वर्ष भन्दा माथिका ३३ हजार २ सय ७९ जना रहेका छन्।

लिङ्ग र उमेर समूह अनुसार संक्रमितको सङ्ख्या

पुरुष (१५ वर्ष माथि): १९ हजार २ सय ७९ जना

महिला (१५ वर्ष माथि): १४ हजार जना

बालबालिका (१५ वर्ष मुनि): एक हजार ५८ जना

डा. शर्माले हाल पनि दिनमा औसत २ जना नयाँ संक्रमित थपिने गरेको र दिनमा १ जनाको एचआईभीका कारण मृत्यु भइरहेको जानकारी दिए। निर्देशक डा. शर्माका अनुसार नेपालले सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ। डा. शर्माले आगामी एक वर्षभित्र एचआईभी संक्रमण विरुद्धको रणनीति बनाउनुपर्ने आवश्यकता रहेको पनि औँल्याएका छन्।

यो लक्ष्य हासिल गर्नका लागि सरकारले निम्न तीन क्षेत्रमा ९५ प्रतिशतको सफलता हासिल गर्ने नीति लिएको छ:

संक्रमणबारे थाहा पाउने: ९५ प्रतिशत

९५ प्रतिशतले औषधि उपचारमा पहुँच पुराउने।

९५ प्रतिशतको भाइरल लोड कम गराउने।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्रीको टिप्पणी : पदीय मर्यादामाथि प्रश्न
इनरुवामा बरामद गाँजा २,५६६ किलो
खाम्लेतदेखि राष्ट्रसेवासम्म : पाँच दाजुभाइको प्रेरणादायी यात्रा
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका
मोरङको बूढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा युवकको मृत्यु
अन्नपूर्ण आधार शिविरमा बढ्यो पर्यटकको चाप
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×