मोरङ र झापाबाट ब्राउन सुगरसहित ४ जना पक्राउ

Share this
644shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १४, आइतबार १५:२९
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

विराटनगर । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय दमक, झापाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–५ बाट ३० वर्षीय देवराज खड्का र उनकी ३२ वर्षीया सुस्मिता राईलाई शनिबार बेलुका पक्राउ गरेको हो । उनीहरूको साथबाट ३ ग्राम ३१० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी,अस्थायी प्रहरी पोष्ट मटेरुवा, मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१७ बाट सोही स्थानका २३ वर्षीय साबिर मियालाई १०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यस्तै, बेलबारी नगरपालिका–११ बस्ने ३२ वर्षीय निशान मगरलाई पनि ३२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।

पक्राउ परेकाहरुमाथि सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.