जेनजी आन्दोलनका क्रममा भागेका कैदी झापामा पक्राउ

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १४, आइतबार १६:२५
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

विराटनगर । काठमाडौँस्थित केन्द्रीय कारागारबाट जेनजी आन्दोलनको मौका छोपेर भागेका एक कैदीलाई झापाबाट नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा लागुऔषध र जाली नोट कारोबार मुद्दामा जेल सजाय भोगिरहेका ३० वर्षीय ऐराजुल हक रहेका छन् । उनी गत भदौ २४ गतेको आन्दोलनका क्रममा फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ऐराजुल हकलाई आज (आइतबार) बिहान ९:४५ बजे झापा गाउँपालिका–४, भामटोलीस्थित निजको आफन्तको घरमा लुकिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

प्रहरी नायव निरीक्षक किरण मोक्तानको कमान्डको गस्ती टोलीले विशेष सूचनाका आधारमा उनलाई फेला पारेको थियो ।

ऐराजुल हकलाई नियन्त्रणमा लिई जिप्रका झापामा राखिएको छ । उनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित कारागारमा पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.