
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सहज र व्यवस्थित बनाउन निर्वाचन आयोगले मतदानस्थल थप गरेको छ ।
आयोगको आइतबारको निर्णयअनुसार मतदाताको सहज पहुँचका लागि १ सय ६८ नयाँ मतदानस्थल थपिएका छन् । अपायक, जीर्ण, उपयोगमा नरहेका वा सञ्चालनयोग्य अवस्थामा नभएका ९३ मतदानस्थल खारेज गरिएको छ ।
नयाँ थप भएसँगै देशभर मतदानस्थलको कुल संख्या १० हजार ८ सय ९२ बाट बढेर १० हजार ९ सय ६७ पुगेको आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनका अनुसार भौगोलिक पहुँच, सुरक्षा, भिड व्यवस्थापन, मतदानस्थलको अवस्था र जनसंख्या वृद्धि जस्ता मापदण्डलाई आधार बनाएर नयाँ संरचना तय गरिएको हो ।

























