फाइल तस्बिरविराटनगर । नेपाली कम्युनिष्ट पार्टीको सन्देश सभामा सहभागी हुन तीन पूर्व प्रधानमन्त्रीसहित पार्टीका शीर्ष नेताहरू विराटनगर आइपुगेका छन् ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाल आज (सोमबार) बिहान काठमाडौंबाट हवाई मार्ग हुँदै विराटनगर आइपुगेका हुन् ।
पूर्व मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ पनि प्रचण्ड र नारायणकाजी श्रेष्ठसँगै विराटनगर आइपुगेको जनाइएको छ । शीर्ष नेताहरू अहिले होटल स्वागतममा बसेर आज हुने कम्युनिष्ट पार्टीको सभाका लागि तयारीबारे छलफल गरिरहेका छन् ।
५ वामपन्थी राजनीतिक दलको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीले विराटनगरमा ‘एकता सन्देश सभा’ गर्दैछ । एकताको सन्देश तल्लो तहसम्म पुऱ्याउनका लागि सन्देशसभा आयोजना गर्न लागेको पार्टीले जनाएको छ ।
विराटनगरस्थित जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुल्ला मैदानमा दिउँसो १२ बजेदेखि सभा हुनेछ ।

























