‘सडकबाट कसैलाई अपराधीकरण गर्न मिल्दैन, सम्पत्तिमाथि हमला सह्य हुँदैन’

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १५, सोमबार १४:२४

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सडक आन्दोलनको नाममा कसैलाई अपराधीकरण गर्न नहुने र निजी सम्पत्तिमाथि हुने हमला कानुनी राज्यमा सह्य नहुने चेतावनी दिएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औँ वार्षिक साधारणसभामा बोल्दै उनले गल्ती गर्नेलाई कानुनले मात्र सजाय दिने स्पष्ट पारे।

अर्थमन्त्री खनालले नेपालमा प्रत्येक आन्दोलनमा निजी क्षेत्रमाथि प्रहार हुने गरेको उल्लेख गर्दै यसलाई तत्काल रोक्न आग्रह गरे। उनले कानुनी राज्यमा कसैको सम्पत्तिमाथि हमला गर्नु सह्य नहुने चेतावनी दिँदै, नेपालमा नेपाली वा विदेशी जसले सम्पत्ति सिर्जना गरेपनि त्यो मुलुकको सम्पत्ति हुने र त्यसको सुरक्षा गर्नु राज्यको दायित्व रहेको बताए।

अर्थमन्त्रीको यो भनाइ पछिल्लो समय जारी रहेका विभिन्न आन्दोलनहरूका क्रममा निजी सम्पत्तिमा भएको क्षति र व्यवसायीमाथि भएका प्रहारहरूलाई लक्षित थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.