एआईजी श्रेष्ठको घरमा आगजनी गरेको आरोपमा ३ जना पक्राउ

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १६, मंगलबार १५:४१
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हिमालय कुमार श्रेष्ठको घरमा आगजनी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ गते उच्छृङ्खल समूहले कीर्तिपुर नगरपालिका–४ स्थित चारघरेमा रहेको श्रेष्ठको घर आगजनी गरेका थिए ।

आगजनीमा संलग्नहरूलाई प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–४ घर भएका ४५ वर्षीय रुपेश बुढाथोकी, गोरखाको गण्डकी गाउँपालिका घर भएर कीर्तिपुर बस्ने २ जना छन् । आरोपीहरूबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.