‘जेनजी प्रदर्शन’ छानबिन: आयोगद्वारा एआईजीद्वयसँग सोधपुछ

Share this
797shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १७, बुधबार १३:३६

काठमाडौँ । ‘जेनजी प्रदर्शन’ को घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुरक्षा निकायका दुई जना एआईजीसँग सोधपुछ गरेको छ। प्रदर्शनका क्रममा भएको दैनिक अपरेसन र सुरक्षा व्यवस्थापनबारे बुझ्न उनीहरूसँग सोधपुछ गरिएको हो।

सोधपुछमा परेका उच्च अधिकारीहरू- नारायणदत्त पौडेल: सशस्त्र प्रहरी बलको कार्य विभागका प्रमुख (हाल कार्यरत) सिद्धिविक्रम शाह: नेपाल प्रहरीका एआईजी। (प्रदर्शन हुँदा उनी प्रहरीको कार्य विभाग प्रमुख थिए र हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएका छन्)।

जाँचबुझ आयोगका एक पदाधिकारीका अनुसार कार्य विभागले दैनिक अपरेसनको नेतृत्व गर्ने भएकाले दुवै एआईजीसँग घटनाबारे सोधपुछ गरिएको हो। आयोगले मङ्सिर १० गते राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापालाई बयान लिएको थियो। जेनजी प्रदर्शन हुँदा उनी गुप्तचर प्रमुख थिए। बयानपछि थापामाथि लगाइएको विदेश भ्रमणमा जान र उपत्यका छाड्न रोक लगाउने निर्णय फुकुवा गरिएको छ।

आयोगले यसअघि पूर्वमुख्यसचिव एकनारायण अर्यालसँग पनि सोधपुछ गरेको थियो। राष्ट्रिय अनुसन्धान विभागका उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख ओम राना, सशस्त्र प्रहरीका डीआईजी सुरेश श्रेष्ठ र नेपाल प्रहरीका एसपीद्वय अपिल बोहरा र कुलदिप चन्द सँग पनि बयान लिइएको छ। जाँचबुझ आयोगको नेतृत्व गौरीबहादुर कार्कीले गरिरहेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.