गाँजासहित युवक पक्राउ

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १८, बिहीबार १०:५४
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

उदयपुर । इलाका प्रहरी कार्यालय बेल्टार र प्रहरी चौकी बसाहाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार साँझ चौदण्डीगढी नगरपालिका–३ पैँतालिस चोकबाट प्रतिबन्धित लागूऔषध गाँजासहित युवकलाई पक्राउ गरेको छ ।

रामपुरबाट सप्तरीको कञ्चनपुर तर्फ जाँदै गरेको प्र.२-०१-००३ प २९३५ नम्बरको मोटरसाइकलमा सवार सप्तरी कन्चनरुप नगरपालिका–९ बस्ने २४ वर्षीय शिवशंकर रामलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट ५ केजी १०० ग्राम प्रतिबन्धित लागू औषध गाँजा बरामद गरिएको छ । निजलाई इलाका प्रहरी कार्यालय बेल्टारको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.