
काठमाडौँ । पूर्व प्रहरी हवलदार सीता धिताल कँडेलको हत्यामा संलग्न चितवनका बुद्धिराम दराई भारतबाट पक्राउ परेका छन् । उनको लमजुङको बेसीशहर नगरपालिका–२ भकुन्डेमा २०८१ चैतमा भएको थियो ।
चितवनका स्थानीय दराइलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याएको हो । घटनाको ८ महिनापछि बुधवार सीआईबीले भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको हो ।
हत्या गरी फरार दराई भारत पुगेका थिए। प्रहरीले मृतक कँडेलको शव २०८१ चैत ३१ गते आफ्नै घरभित्रको बेडमा प्लाइ र त्रिपालले बेरिएको अवस्थामा फेला परेको थियो ।























