झोलुंगे पुलबाट खसेर महिलाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २२, सोमबार १०:४४
सांकेतिक तस्बिर

विराटनगर । धनकुटाको लेउती खोलामा लगाइएको झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार धनकुटाको साँगुरीगढी ४ मा आइतबार साँझ एकजना बृद्ध महिलाको मृत्यु भएको हो ।

पुलतर्ने क्रममा झोलुङ्गे पुलबाट खोलामा खसेर ७८ वर्षीय बीसमाया लिम्बुको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घट्नाको प्रारम्भिक अनुसन्धान पूरा गरि शव पोष्टमार्टमका लागि धनकुटा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.