नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष २, बुधबार १०:२६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध परेको रिटमाथि आज (बुधबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने र डा. सुरेन्द्र भण्डारीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि आज पेसी तोकिएको हो।

अघिल्लो संघीय संसद्‌का दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटक फिर्ता गरिदिएकी थिइन्। राष्ट्रपति कार्यालयमा थन्किएको सोही ‘निष्क्रिय’ विधेयकलाई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा प्रमाणीकरण गरेपछि यो विषय कानुनी विवादमा तानिएको हो।

Advertisement

अघिल्लो संसद्‌ले पठाएको र राष्ट्रपति कार्यालयमा थन्किएको विधेयकलाई नयाँ संसद् आएपछि सिधै मन्त्रिपरिषद्को सिफारिसमा प्रमाणीकरण गर्नु असंवैधानिक भएको दाबी रिटमा गरिएको छ। राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्दा संविधानका जुन धाराहरू विधेयक प्रमाणीकरणसँग सम्बन्धित नभएको जिकिर गरिएको छ।

गलत संवैधानिक प्रावधान प्रयोग गरेर संविधानमाथि प्रहार भएको भन्दै रिटमा प्रमाणीकरण गरिएको उक्त विधेयक कार्यान्वयन नगर्न र अन्तरिम आदेशमार्फत रोक लगाउन माग गरिएको छ। २०८० जेठ १९ मा दर्ता भएको यो रिटमाथि आज हुने सुनुवाइलाई निकै चासोका साथ हेरिएको छ। आजको सुनुवाइले नागरिकता ऐनको भविष्य र राष्ट्रपतिको प्रमाणीकरण गर्ने अधिकारको संवैधानिक व्याख्यामा महत्वपूर्ण दिशा निर्देश गर्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना, तीन जना घाइते
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
भारतीय सेना प्रमुख आउँदै, मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
जनकपुरधाममा झुलनोत्सवको उल्लास
२ अर्ब ६४ करोडको अलैंची निर्यात, विश्वबजारमा ब्रान्डिङको चुनौती
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.