ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित ६ जना पक्राउ

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३, बिहीबार ११:५७
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ठूलो मात्रामा लागू औषध र प्रतिबन्धित औषधिसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचना र नियमित चेकजाँचका क्रममा बुधबार विभिन्न समयमा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार मोरङको लेटाङ नगरपालिका-५ बाट ९ ग्राम ब्राउन सुगर सहित धिरज न्यौपाने पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय लेटाङको टोलीले उनलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो। त्यसैगरी, झापाको दमक-६ बाट १ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित बिर बहादुर पौडेल र कन्काई नगरपालिका-६ बाट १७० मिलिग्राम सहित गोपाल राजबंशी पक्राउ परेका छन्। सुनसरीको बराहक्षेत्र-७ का बिशाल राईलाई पनि ५८० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ।

सुनसरीको धरानमा प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित औषधि बरामद गरेको छ। धरान-५ को श्यामचोकमा गरिएको चेकजाँचका क्रममा स्थानीय समिर राईको साथबाट ८ हजार २ सय ४७ ट्याब्लेट ‘डिकोलिक’ र ‘स्पास्पेन’ बरामद भएको छ। यस्तै, धरान-१६ का संजय तामाङलाई जोरसंखुवास्थित अस्थायी प्रहरी पोष्टले १६७ ट्याब्लेट ‘ट्रामाडोल’ र ५७२ क्याप्सुल ‘स्पासपेन’ सहित पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेका सबै ६ जनामाथि लागू औषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.