भालुको आतंक, पशु चौपाया र अलैँची बगानमा क्षति

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ६, आइतबार १७:३७
भालुको आतंक, पशु चौपाया र अलैँची बगानमा क्षति

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका –९ हाङ्देवामा भालुले पशु चौपायामाथि आक्रमण गर्दा स्थानीय किसानलाई ठुलो क्षति पुगेको छ। पछिल्लो केही दिनयता भालुको आक्रमणबाट ४ वटा खसी र एउटा भेडा मरेको वडाध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

उनका अनुसार स्थानीय नारायणप्रसाद गुरुङको एउटा भेडा र एउटा खसी तथा भगीमान गुरुङका ३ वटा खसी भालुको आक्रमणमा परेर मरेका हुन् । यससँगै गाउँ वरपरका क्षेत्रमा पटक–पटक भालु देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन् ।

भालुले पशु चौपाया मात्र नभई अलैँचीको टुसासमेत खाइ बगानमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । भालुको डरका कारण अलैँची बगानमा सिँचाइ गर्न तथा घाँस दाउरा गर्नसमेत जान नसक्ने अवस्था सिर्जना भएको छ ।

भालुको बढ्दो आतंक नियन्त्रणका लागि वडा कार्यालयले डिभिजन वन कार्यालयसँग समन्वय गरिरहेको वडाध्यक्ष गुरुङले जानकारी दिए। स्थानीयले भालु नियन्त्रण तथा क्षतिपूर्तिको उचित व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.