घरको रेलिङबाट खसेर बिर्तामोडमा ६ वर्षीय बालकको मृत्यु

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १०, बिहीबार १०:३१

विराटनगर । झापाको बिर्तामोड नगरपालिका–४ आगमनटोलमा घरको रेलिङबाट खसेर एक बालकको मृत्यु भएको छ । आफ्नै घरको तेस्रो तलाको रेलिङमा खेल्ने क्रममा खसेका ६ वर्षीय रियान्स कार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार स्थानीय राम कुमार कार्कीका छोरा रियान्स गत पुस २ गते बेलुका करिब ८ः१५ बजे आफ्नै तीन तले घरको माथिल्लो तलामा खेलिरहेका थिए । अचानक सन्तुलन बिग्रिएर उनी रेलिङबाट भुईँमा पछारिएका थिए ।

गम्भीर घाइते भएका बालकलाई तत्कालै उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याइएको थियो । सघन उपचार भइरहेकोमा बुधबार बेलुका ७ः१५ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार बालकको शव अहिले सोही अस्पतालमा राखिएको छ । घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान गर्न प्रहरी टोली खटिएको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.