जिल्ला न्यायाधीशका लागि २० जना सिफारिस (नामावलीसहित)

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १५, मंगलबार ०७:४३

काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जनाको नाम सिफारिस गरेको छ । सोमबार आयोगले न्याय परिषद्समक्ष सिफारिस पठाउँदै जिल्ला अदालतमा नयाँ न्यायाधीश नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको हो ।

आयोगका अनुसार जिल्ला न्यायाधीशका लागि २१ पद रिक्त रहेका थिए । तर, मधेशी कोटातर्फको १ पदबाहेक अन्य सबै कोटाबाट उम्मेदवार छनोट गरी २० जनाको नाम सिफारिस गरिएको हो । मधेशी कोटामा आवश्यक मापदण्ड पूरा गर्ने उम्मेदवार नपरेपछि सो पदका लागि सिफारिस हुन नसकेको आयोगले जनाएको छ ।

आयोगकी प्रवक्ता रामप्यारी सुनुवारका अनुसार आन्तरिक प्रतिस्पर्धाबाट ११ जना, खुला प्रतिस्पर्धाबाट ६ जना, महिला कोटाबाट १ जना र आदिवासी जनजाति कोटाबाट २ जना उम्मेदवार जिल्ला न्यायाधीशका लागि सिफारिस भएका छन् । उनले छनोट प्रक्रिया पूर्ण रूपमा योग्यता, अनुभव र प्रतिस्पर्धामा आधारित रहेको बताइन् ।

जिल्ला न्यायाधीश नियुक्तिका लागि लिइएको लिखित परीक्षामा उत्तीर्ण भएका २७ जना उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाइएको थियो । अन्तर्वार्ता, कार्यक्षमता मूल्यांकन र समग्र योग्यता परीक्षणपछि अन्ततः २० जनाको नाम टुंग्याइएको आयोगको भनाइ छ ।

न्याय सेवा आयोगको सिफारिसपछि अब न्याय परिषद्ले आवश्यक प्रक्रिया पूरा गरी राष्ट्रपतिसमक्ष नियुक्तिका लागि प्रस्ताव गर्नेछ । नियुक्ति सम्पन्न भएपछि देशभरका जिल्ला अदालतमा देखिएको न्यायाधीशको अभाव केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।

यी हुन् जिल्ला न्यायाधीश सिफारिस हुनेहरु 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.