
पाँचथर । पाँचथरको च्याङथापुबाट सदरमुकाम फिदिमतर्फ आउँदै गरेको यात्रुवाहक गाडी दुर्घटनामा परेको छ। मे १ ज २६२८ नम्बरको गाडी दुर्घटना हुँदा त्यसमा सवार ३ जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनाको जोखिम देख्नासाथ २ जना यात्रुले गाडीबाट हामफालेर ज्यान जोगाउन सफल भएका छन् भने अन्य २ जना सकुशल रहेका छन्। गम्भीर घाइते भएकालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल फिदिम पठाइएको छ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार गाडी सडकबाट तल खसेर दुर्घटना भएको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली पुगेर उद्धार कार्यमा खटिएको थियो। दुर्घटनाको ठोस कारण अझै खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।























