
विराटनगर। पतञ्जली योग समिति विराटनगर महानगर समितिद्वारा आयोजित १५ दिने सह–योग शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा समिति (योग ध्यान केन्द्र) मा सञ्चालित उक्त प्रशिक्षणबाट ४२ जना नयाँ योग प्रशिक्षक दीक्षित भएका छन्।
कार्यक्रमको समापन तथा दीक्षा समारोह कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। समारोहमा मन्त्री पराजुलीले प्रशिक्षार्थीहरूलाई रुद्राक्षको माला पहिर्याएर प्रमाणपत्र प्रदान गर्दै योगले व्यक्तिलाई अनुशासित, स्वस्थ र सकारात्मक बनाउने बताए। उनले योग अभ्यास निरोगी हुन मात्र नभई खुसी र चिन्तामुक्त जीवनका लागि अनिवार्य रहेको उल्लेख गरे।
दीक्षित हुनेहरूमा विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेसहित राजेन्द्र बुढाथोकी, साइमन पोखरेल, टंक भट्टराई, तेजबहादुर भट्टराई, प्रशान्त पौडेल, निरु कट्टेल, गीता न्यौपाने, इन्द्र कोइराला, रोजी सुवेदी, इन्दुकुमारी साह, रेणुकुमारी साह, चन्द्रकला बस्नेत राणा, कञ्चनकुमारी यादव, गीतादेवी भगत, सुशीला यादव, सुशीला ढकाल, हीराप्रसाद साह, चिन्तोकुमारी, आशादेवी कामत, राधाकुमारी साह र सरोज नेपाली रहेका छन्। उनीहरू योग प्रशिक्षकका रूपमा दीक्षित भएका हुन्।
त्यसैगरी प्रमिलादेवी ढकाल, रिंकुकुमारी मेहता, रेणुकुमारी चौधरी, प्रदीप कोइराला, रेणुका कोइराला, विनिता आचार्य, पुण्यशीला पौडेल, कविताकुमारी यादव, सुशीलाकुमारी साह, आरतीकुमारी यादव, सुमित्रा ढुंगेल, शकुन्तला लुइँटेल, मनिषा देव, प्रतिमा देव, मीराकुमारी देव, सुरेश कटुवाल, संजय गुप्ता, सरिताकुमारी, कल्पना कार्की र रश्मीकुमारी सिंह सह–योग शिक्षकका रूपमा दीक्षित भएका छन्।
विद्यालय तहदेखि नै योगको आवश्यकता पतञ्जली योग समिति विराटनगरका अध्यक्ष माधव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष नेउपाने, प्रदेश सचिव शोभा कोइराला, महानगर संगठन सचिव चूडामणि घिमिरे लगायतले विद्यालय तहदेखि नै योगलाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए।
सो अवसरमा वडाध्यक्ष नेउपानेले १५ जना प्रशिक्षकलाई प्रोत्साहन स्वरूप एक–एक जोर योगी पोसाक (ट्रयाकसुट) प्रदान गरेर सम्मान समेत गरे। कार्यक्रममा महानगर र जिल्ला तहका योग अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।























