पुस महिनाको सर्वोत्कृष्ट बने प्रहरी निरीक्षक प्रकाश थापा 

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ६, मंगलबार २०:०१
पुस महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी निरीक्षक प्रकाश थापा 

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी निरीक्षक प्रकाश थापालाई पुस महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ ।

२०८२ असोज २६ गते ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ४ चार्खु की ५२ वर्षीया रत्नकुमारी कटवाल (कार्की) तथा २०८२ पुस १५ गते ओखलढुंगाकै चिशंखुगढी गाउँपालिका–६ का किराना पसल सञ्चालक दम्पती ६० वर्षीय सोवितमान थापा मगर र ६० वर्षीया रत्नमाया थापा मगरको हत्या गर्नुका साथै लुटपाट भएको थियो ।

उक्त हत्या तथा लुटपाटको घटनाको अनुसन्धानमा सफल हुँदै दोषीलाई पक्राउ गर्न सफल भएकाले कोशी प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक थापालाई ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.