प्रहरी जवान मृत फेला

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ११, आइतबार १२:३८
सांकेतिक तस्बिर

घोराही । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक जना प्रहरी जवान जङ्गलमा मृत फेला परेका छन्। घोराही उपमहानगरपालिका–२ रामपुर निवासी हरी जिसी घोराही–१८ घरडौराको जङ्गलमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।

माघ ८ गते बिहानको ड्युटी सकेर स्कुटी लिएर निस्केका जिसी तीन दिनदेखि बेपत्ता थिए। खोजी गर्ने क्रममा उनको स्कुटी बाटोमा फेला परेको थियो भने शव जङ्गलमा भेटिएको प्रहरीले जनाएको छ। स्रोतका अनुसार जिसीका बुबाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको आईसीयूमा उपचार भइरहेको थियो। बुबाको कुरुवा बस्नका लागि कार्यालयसँग बिदा माग्दा नपाएपछि उनी निकै तनावमा रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले शवको पोस्टमार्टम भइसकेको बताए। उनले जिसीको मोबाइलको लक खुल्नेबित्तिकै मृत्युको वास्तविक कारण र अन्य प्राविधिक पक्षहरू खुल्ने जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.