संखुवासभामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु 

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १२, सोमबार ०९:५१

विराटनगर । संखुवासभाको चैनपुर नगरपालिका –१ नुनढाकीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ३ जना घाइते भएका छन् ।

चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप चैनपुर –१ नुनढाकी नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएकाको पहिचान खुल्न सकेको छैन ।

दुर्घटना लगत्तै सशस्त्र प्रहरी नं ४ गुल्म चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरको टोली घटनास्थल पुगेको छ । घाइते सबैको उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.