सांकेतिक तस्बीरविराटनगर। झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित ७ जनालाई नियन्त्रणमा लिएको छ। झापाको कमल गाउँपालिका–३ केर्खाबाट ८ ग्राम २३० मिलिग्राम ब्राउन सुगरसहित शुक्रबार राजु ढकाल पक्राउ परेका छन्। उनलाई लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाको टोलीले पक्राउ गरेको हो।
यस्तै, इलाका प्रहरी कार्यालय अनारमनीले पाँचथरका अनिश राई र धरानकी लिला तामाङलाई ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर र ९ ट्याब्लेट प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ। बिर्तामोड–४ बाट फणिन्द्र विश्वकर्मा पनि १ ग्राम १२० मिलिग्राम ब्राउन सुगरसहित समातिएका छन्।
मोरङको विराटनगर–१६ बाट लेटाङका मनोज परियार ५ ग्राम ९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्। यता, बेलबारी–७ का मनिष मग्राती ६३० ट्याब्लेट प्रतिबन्धित औषधिसहित पक्राउ परेको प्रहरीले जनाएको छ। त्यसैगरी, सुनसरीको धरान–१९ बाट सुजन लिम्बुलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।























