
दमक। झापाको दमकस्थित एक फर्निचर उद्योगमा काम गर्ने क्रममा मेसिनले हात काट्दा मोरङका ४० वर्षीय वीरबहादुर ताजपुरिया गम्भीर घाइते भएका छन्।
दमक नगरपालिका-४ चिया दोकानमा युवराज बुढाथोकीले सञ्चालन गरेको न्यु पाथिभरा फर्निचर उद्योगमा शनिबार बिहान काठ चिर्ने क्रममा यो दुर्घटना भएको हो। रतुवामाई नगरपालिका-४ का बासिन्दा ताजपुरियाको मेसिनले देब्रे हात काटिएर चुँडिएको छ।
घाइते ताजपुरियालाई तत्काल उपचारका लागि आम्दा अस्पताल दमक लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई नोबेल अस्पताल विराटनगर रेफर गरिएको छ। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।























