
विराटनगर । उदयपुरकी पत्रकार रेणु पराजुलीलाई विराटनगरमा बिहीबार सम्मान गरिएको छ । शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार पराजुलीलाई प्रदान गरिएको हो ।
यो पुरस्कार प्रत्येक वर्ष प्रेस चौतारी मोरङले प्रदान गर्दै आएको छ । विराटनगरमा एक कार्यक्रमको आयोजना गरी पराजुलीलाई २१ हजार रुपैयाँ राशिको शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदान गरे ।























