लागूऔषधसहित ९ जना पक्राउ

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १८, आइतबार १२:०४
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

विराटनगर। झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित ९ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भद्रपुरले स्थानीय भवानी लिम्बुलाई ४ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। यस्तै, काँकरभिट्टाबाट बुद्धशान्तिका श्याम धिमाल र कविन्द्र बस्नेत ६ ग्राम ६५० मिलिग्राम ब्राउन सुगरसहित समातिएका छन्।

मोरङको लेटाङमा २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित तारा कुमारी लिम्बु र रतुवामाईमा ३०० मिलिग्रामसहित इन्द्रराज घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लागूऔषध नियन्त्रणका लागि सक्रिय प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

सुनसरीको धरानमा प्रतिबन्धित औषधिसहित ४ जना पक्राउ परेका छन्। धरान-१६ का राम तामाङ र संगे शेर्पा २२० ट्याब्लेट तथा धरान-१२ का विनय राई र धरान-१९ का रुविन राई ३७० ट्याब्लेट प्रतिबन्धित औषधिसहित समातिएका हुन्। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.