हिसान फुटबलको उपाधि रेडस्टार कलेजलाई

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १८, आइतबार १९:०१
हिसान फुटबलको उपाधि रेडस्टार कलेजलाई

विराटनगर । विराटनगरमा सम्पन्न हिसान स्पोर्ट्स मिटमा फुटबल खेलको छात्र र छात्रातर्फ रेडस्टार कलेजले उपाधि जितेको छ ।

हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत फुटबल छात्रतर्फ रेडस्टारले शिक्षा सन्देश कलेजलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

खेलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रकेरबाट भएको थियो । रेडस्टारका मनिष लिम्बू, रुद्र योगी, रिसब मगर, सौगात राई र प्रशान्त तामाङले गोल गरेका थिए । शिक्षा सन्देशका योहाना लिम्बू, मिलन थापा, राहुल राजवंशी र प्रेम हलुवाईले गोल गरे भने अनुप धिमालको प्रहार रेडस्टारका गोलरक्षक सागर दर्नालले उत्कृष्ट बचाउ गर्दै टोलीलाई जित दिलाए । खेलको प्लेयर अफ द म्याच शिक्षा सन्देशका मिलन थापा भए  ।

त्यस्तै, प्लेयर अफ टुर्नामेन्ट कान्तिपुरका प्रकाश ताती, सर्वाधिक गोलकर्ता बुद्ध कलेजका जतिनकुमार थारु, उत्कृष्ट गोलरक्षक रेडस्टारका सागर दर्नाल, उत्कृष्ट डिफेन्डर शिक्षा सन्देशका प्रेम हलुवाई र उत्कृष्ट मिडफिल्डर शिक्षा सन्देशका योहाना लिम्बू भए ।

त्यसैगरी, फुटबल छात्रामा रेडस्टारले अर्किड कलेजलाई ७–० को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । रेडस्टारकी स्मृति राईले ३ गोल, सुहाना राईले २ गोल तथा रेजिना थापा र सलिजा राईले १–१ गोल गरे । खेलको प्लेयर अफ द म्याच अर्किडकी सुस्मिता बस्नेत भइन् ।

प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट रेडस्टारकी स्मृति राई, उत्कृष्ट मिडफिल्डर रेडस्टारकी सलिना राई, उत्कृष्ट गोलरक्षक रेडस्टारकी मानसिना लिम्बू र सर्वाधिक गोलकर्ता रेडस्टारकी सुहाना राई भइन् ।

खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि हिसान नेपालका केन्द्रीय अध्यक्ष युवराज शर्मा, हिसानका सचिव राजेश कार्की, बलराम पन्त, हिसान मोरङका अध्यक्ष अमित ढकाललगायतले पुरस्कार प्रदान गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×