टी २० विश्वकपको तयारी : पहिलो वार्म अप खेलमा नेपालले आज युएईको सामना गर्दै

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २०, मंगलबार ०८:२६
टी २० विश्वकपको तयारी : पहिलो वार्म अप खेलमा नेपालले आज युएईको सामना गर्दै

काठमाडौं । आईसीसी टी २० विश्वकपको पूर्वसन्ध्यामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (मंगलबार) आफ्नो पहिलो औपचारिक वार्म अप खेल खेल्दै छ ।

भारतको चेन्नईस्थित प्रसिद्ध एमए चिदाबरम स्टेडियममा हुने यस खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्ने छ ।  विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज युएईसँग खेल्ने भएको हो ।

नेपाल र युएईबिचको वार्म अप खेल साँझ सवा ५ बजेदेखि चेन्नईको एमए चिदाबरम स्टेडियममा सुरु हुनेछ । यसअघि नेपालले मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँग र श्रीलंकामा श्रीलंका ‘ए’ सँग अभ्यास खेल खेलेको थियो ।
श्रीलंका ‘ए’ सँग ३ खेल खेल्दा १ खेल मात्र जितेको नेपालले एमसीएलाई दुवै खेलमा हराएको थियो । नेपालले यसपछि अर्को वार्म अप खेलमा क्यानडासँग बिहीबार खेल्ने छ ।

टी २० विश्वकप फेब्रुअरी ७ (माघ २४) देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदै छ । नेपालले पहिलो खेल माघ २५ मा इंग्ल्यान्डसँग खेल्नेछ । नेपालले माघ २९ मा इटली, फागुन २ मा वेस्ट इन्डिज अनि फागुन ४ मा स्कटल्यान्डसँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×