‘भिआइए’ स्क्रिनिङ तथा क्यान्सर सचेतना कार्यक्रम

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २०, मंगलबार १८:१७
‘भिआइए’ स्क्रिनिङ तथा क्यान्सर सचेतना कार्यक्रम

विराटनगर । विश्व क्यान्सर दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले महिला पत्रकारहरूका लागि स्वास्थ्य शिविर तथा क्यान्सर सचेतना कार्यक्रम गरेको छ ।

मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेज टिचिङ अस्पतालसँगको सहकार्यमा आयोजित कार्यक्रममा १८ जना महिला पत्रकारहरूले सेवा लिएका छन् । ‘भिआइए’ स्क्रिनिङ तथा स्तन परीक्षणका क्रममा समस्या देखिएकाको विराट मेडिकल कलेजमा थप उपचार हुने पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठकले जानकारी दिइन् । उनले पत्रकारको स्वास्थ्य परीक्षण नियमित हुने गरीको व्यवस्था महासंघले मिलाउने बताइन् ।
स्वास्थ्य शिविरमा अस्पतालकी वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझी, डा. बबिता साहलगायतको टोलीले सेवा दिएका थिए ।

Advertisement

स्वास्थ्य शिविरसँगै क्यान्सर सचेतना कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रमको सहजीकरण डा. रायमाझीले गरेकी थिइन् । उनले महिलामा पाठेघरभन्दा स्तन क्यान्सरका बिरामीको संख्या बढ्दो रहेको बताइन् ।

महिला र पुरुषहरूमा मुख, नाक, घाँटी, बालबालिकामा ब्लड र १८–२० वर्ष उमेर समूहका व्यक्तिहरूमा हड्डीको क्यान्सर बढी हुने गरेको देखिएको उनले बताइन् । पुरुषमा पनि स्तन क्यान्सरका बिरामी देखिन थालेकोले नियमित स्वास्थ्य परीक्षण गर्ने र सुरुमै रोग पहिचान भए उपचार सम्भव हुने डा. रायमाझीले बताइन् ।

क्यान्सर सचेतना कार्यक्रमका नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जुङ, विराट मेडिकल कलेजका अपिल राई, लिना थापा लगायतले नियमित स्वास्थ्य परीक्षण गर्न आग्रह गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.